Logo

५ मंसिर, काठमाडौं । नेकपा एमालेले आफ्नो युवा दस्ताको रूपमा ‘युथ भोलेन्टियर फोर्स’ को ११ सदस्यीय केन्द्रीय कमाण्ड घोषणा गरेको छ ।

शुक्रबार काठमाडौंको माइतीघरस्थित कार्की ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा एमाले जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले उक्त केन्द्रीय कमाण्डको घोषणा गर्नुभएको हो । नयाँ घोषणा गरिएको युथ भोलेन्टियर फोर्सको केन्द्रीय कमाण्डरको प्रमुख जिम्मेवारीमा पुष्पराज श्रेष्ठलाई तोकिएको छ । बाराको सिमरा घटना र जेन–जी आन्दोलनसँगै दलहरूबीच तनाव बढिरहेको बेला एमालेले आफ्नो युवा दस्तालाई औपचारिक रूपमा गठन गरी कमाण्डर तोकेको हो ।


सम्बन्धित समाचार