Logo

५ मंसिर,वीरगञ्ज । निवर्तमान मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले शुक्रबार बिहान सरकारी निवास खाली गरेका छन्। उनका निवास छाडेको दृश्य आवास परिसरमा गमलामा पानी हाल्दै सार्वजनिक भएको छ।

नव नियुक्त मुख्यमन्त्री सरोज यादवले दिएका अल्टिमेटमअनुसार निवास खाली भएपछि अब मुख्यमन्त्री कार्यालयले नयाँ बसोबास व्यवस्थाका प्रक्रिया अघि बढाउने भएको छ। यादवले केही दिनदेखि विभिन्न दलका नेता, संसदीय दलका प्रमुख सचेतक तथा सम्बद्ध पक्षसँग समन्वय गरी निवास खाली गराइदिन आग्रह गर्दै आएका थिए।

यसअघि सर्वोच्च अदालतमा विचाराधीन मुद्दा टुंगो नलागेसम्म निवास नछाड्ने भनिएको सात दलिय गठबन्धनले पछिल्लो सहमतिसँगै प्रक्रिया सहज बनाएको स्रोतहरूले जनाएका छन्।
सोनलले निवास छाडेपछि नयाँ मुख्यमन्त्री यादवले औपचारिकरूपमा सरकारी निवास प्रवेश गरेका छन्।


सम्बन्धित समाचार