Logo

७ मंसिर,वीरगञ्ज । राष्ट्रिय निषाद संघ रौतहटको प्रथम जिल्ला भेला विहीबार एक भव्य समारोहका साथ सम्पन्न भएको छ। संघका प्रमुख संरक्षक विजय प्रकाश निषादको प्रमुख आतिथ्यता, गरुडा नगरपालिका–३ का वडाध्यक्ष अम्बिका सहनीको सभापतित्व तथा संघका केन्द्रीय अध्यक्ष संजिता मुखिया निषादको विशेष उपस्थितिमा गरिएको कार्यक्रममा निषाद समुदायका विशिष्ट व्यक्तित्वहरू तथा ठूलो संख्यामा स्थानीय सहभागी भएका थिए।

कार्यक्रममा विशेष आमन्त्रितका रूपमा चन्दन सहनी निषाद, हरिन्द्र सहनी, मनिला सहनी, मनोज सहनी, पारस सहनी, सुरेश सहनी, दशैं सहनी, सोहराई मुखिया, सोभी सहनी, डा. परमानन्द मुखिया, कोशिला नुनिया, वडाध्यक्ष अवधेश सहनी लगायतका बुद्धिजीवी तथा समुदाय प्रतिनिधिहरूले मन्तव्य दिएका थिए। उनीहरूले निषाद समुदायको अधिकार, पहिचान, सामाजिक न्याय र संगठन सुदृढीकरणका लागि एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।

भेलाले समुदायको नेतृत्व तथा गतिविधिलाई व्यवस्थित गर्न १० सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ। विवेकानन्द सहनीको अध्यक्षतामा गठन गरिएको समितिमा उपाध्यक्ष फेकन सहनी, सचिव सत्येन्द्र महतो नुनिया, सह–सचिव जगरनाथ मुखिया, कोषाध्यक्ष सुगान्धी मुखिया तथा सदस्यहरूमा विमा मुखिया, पनिलाल महतो, तारकेश्वर सहनी, नथुनी सहनी र रामेश्वर सहनी चयन भएका छन्।


सम्बन्धित समाचार