७ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भन्ने विषयमा लिखित जवाफ बुझाउन आदेश दिएको छ।
राजदूत फिर्ता गर्ने निर्णयमा अदालतको आदेश पालना नगरेको भन्दै अधिवक्ता डा. प्रेमराज सिलवालले सर्वोच्चमा निवेदन पेश गरेका थिए।
त्यस निवेदनको सुनुवाइ गर्दै न्यायाधीश हरि फूयाल र अब्दुल अजिज मुसलमानको इजलासले प्रधानमन्त्रीलाई लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो।

















