Logo

७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा अनलाइन बेटिङ ९सट्टेबाजी० गराउने कार्यमा संलग्न रहेको आरोपमा ८ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई बल्खु क्षेत्रबाट नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको हो । प्रहरीका अनुसार, पक्राउ परेका व्यक्तिहरूले अनलाइन बेटिङ साइटमार्फत खेलको हारजितमा रकम लगानी गरी सट्टेबाजी गराउने कार्यमा संलग्न थिए । पक्राउ पर्ने आठै जना भारतको आन्दा प्रदेशस्थित प्रकासम जिल्लाका रहेका छन् । उनीहरूमा ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साई कुमार तम्मिसेट्टी र २८ वर्षीय सेख चन्द बसल छन् ।

प्रहरीले उनीहरूको साथबाट १५ थान मोबाइल बरामद गरी प्राविधिक अनुसन्धान सुरु गरेको जनाएको छ। थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि पक्राउ परेका आठै जनालाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको छ।


सम्बन्धित समाचार