Logo

७ मंसिर,काठमाडौं । सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ। प्रसाईंका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई अविलम्ब रिहा गर्ने आदेश जारी गरेको हो।

रिट निवेदकले प्रसाईंलाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको आरोपसहित सर्वोच्चमा निवेदन दर्ता गरेका थिए। उक्त निवेदनमाथि सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सुनुवाइ गर्दै थुनामुक्त गर्ने आदेश प्रदान गरेको हो।

यससँगै दुर्गा प्रसाईंलाई अब कानुन बमोजिम प्रक्रिया अघि बढाउँदै रिहा गरिने भएका छन्।


सम्बन्धित समाचार