Logo

११ चैत,वीरगञ्ज । वीरगन्जमा धितोपत्र कारोबारकर्ताहरुले प्रभातफेरी निकालेको छ । धितोपत्र बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतनाका लागि प्रभातफेरीको आयोजना गरिएको हो ।

धितोपत्र वोर्ड, नेपाल राष्ट्र बेंक, नासा सेक्युरिटीज र प्रिमो सेक्युरिटिज लगायतका संघ संस्थाहरुले संयुक्त रुपमा प्रभातफेरीको आयोजना गरेका हुन् । वीरगन्जको घण्टाघरबाट निकालिएको प्रभातफेरी मुख्यसडकको माईस्थान, लोहारपट्टी चोक, आदर्शनगर, घडिअर्वा चोक हुदै पुन घण्टाघरमा पुगेर सम्पन्न भएको थियो ।

देशमा देखा परेको आर्थिक संकट र बैंक तथा वित्तीय संस्थाहरुप्रति आम नागरिकहरुको धारणा नकारात्मक बन्दै गएको सन्दर्भमा धितोपत्र बजार र यसमा लगानीको अवसर र जोखिमहरुको बारेमा जानकारी गराउनका ‘ग्लोबल मनी विक’ अन्तर्गत प्रभातफेरीको आयोजना गरिएको नेपाल राष्ट्र बैंकका निर्देशक नरेश सर्राफले बताउनुभयो ।

धितोपत्र बजारको बारेमा केही व्यक्तिहरुमा मात्रै सीमित भएकोले यसको पहुँच बढाउन सबै नागरिकलाई जानकारी गराउने उद्देश्यले प्रभातफेरीको आयोजना गरिएको नासा सेक्युरिटीजका सञ्चालक मुरली जालानले जानकारी दिनुभयो ।

प्रभातफेरीमा नेपाल राष्ट्र बैंकका निर्देशक नरेश सर्राफ, नासा सेक्युरिटीजका सञ्चालक मुरली जालान, प्रवन्धक जित कुमार दाहाल, प्रिमो सेक्युरिटिजका प्रवन्धक दीपक आचार्य लगायत विभिन्न शेयर लगानीकर्ता र कारोबारीहरुको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार