Logo

८ मंसिर,वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विना विभागीय मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी बाँडफाँट गरेका छन्।

संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त भएर गत २४ कात्तिकमा बर्दिबासको पानस होटलमा शपथ लिएका यादवले तीन मन्त्री नियुक्त गरेका थिए।

तीनै मन्त्री विना विभागीय भएपनि अब उनीहरूलाई विभिन्न मन्त्रालयको जिम्मेवारी तोकिएको छ।नेकपा एमालेबाट बिना विभागीय मन्त्री नियुक्त लखन दासलाई ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यस्तै, नेपाल संघीय समाजवादी पार्टीबाट मन्त्री बनेकी बिमला अन्सारीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालय र **राष्ट्रिय जनता पार्टी (राप्रपा)**बाट मन्त्री बनेकी कञ्चन विच्छालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

यसअघि २ मंसिरमा सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई कुनै पनि नीतिगत वा दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो। अदालतको यो आदेश मुद्दाको अन्तिम निर्णय नलागेसम्म लागू रहने जनाइएको छ।


सम्बन्धित समाचार