Logo

९ मंसिर, काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले नयाँ कमाण्डर पाएको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को निर्णयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्की लाई उपत्यका प्रहरी कार्यालयको प्रमुखको रूपमा पदस्थापन गरेको हो । यसअघि एआईजी दानबहादुर कार्की २४ कात्तिकमा प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त भएपछि उपत्यका प्रहरी कार्यालयको नेतृत्व रिक्त हुन पुगेको थियो ।

कोसी प्रदेश प्रहरी कार्यालयको इञ्चार्ज रहँदा नै एआईजीमा बढुवा भएका ईश्वर कार्कीले अब राजधानीको सुरक्षा र व्यवस्थापनको नेतृत्व सम्हाल्ने भएका छन् । एआईजी कार्कीले सम्भवतः आज आफ्नो दर्ज्यानी चिह्न लगाएर औपचारिक रूपमा कमाण्ड सम्हाल्ने तयारी गरिरहेका छन् ।

उनको यो पदस्थापनसँगै काठमाडौं उपत्यकाको सुरक्षा निकायले पूर्ण नेतृत्व पाएको छ, जसले उपत्यकाको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा थप प्रभावकारिता ल्याउने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै