१० मंसिर, काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता भएको छ।
एमालेका नेताद्वय महेश बर्तौला र सुनिता बरालले मंगलबार (मंसिर ९ गते) यो निवेदन पेश गरेका थिए । सर्वोच्च अदालत प्रशासनले रिट दर्ता भएको र यसको पेशी मंसिर १७ गतेका लागि तोकिएको जानकारी दिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकार २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि सत्ता छाड्न बाध्य भएको थियो ।
ओलीको राजीनामापश्चात्, राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारीहरूको सिफारिसमा सुशीला कार्कीलाई मंसिर २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधि सभा भंग गरेपछि एमालेले प्रतिनिधि सभा विघटनको कदमलाई असंवैधानिक भन्दै आएको छ । यसै विषयमा पुनर्स्थापनाको माग सहित एमालेले अदालतमा ७ वटा आधारहरू प्रस्तुत गरेको छ।
















