Logo

सांकेतिक तस्वीर

१० मंसिर, रौतहट । रौतहटको माधवनारायण नगरपालिका-४, बिशुनपुर्वा टोलमा एक २० वर्षीया महिला झुण्डिएको अवस्थामा मृत भेटिएकी छन्।

स्थानीय रूपेश राय यादवकी श्रीमती रुबिना यादव मङ्गलबार साँझ सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रहरी कार्यालयका प्रवक्ता विष्णु प्रदीप बस्यालका अनुसार घटना साँझ करिब साढे ५ बजे घरका अन्य सदस्यहरू खेतमा कामका लागि बाहिर गएका बेला भएको हो। श्रीमानले घरमा फर्किएपछि झुण्डिएको अवस्थामा देखेपछि स्थानीयको सहयोगमा पासो खोले पनि रुबिनाको मृत्यु भइसकेको थियो।

प्रहरी घटनास्थलमा पुग्नुअघि नै स्थानीयहरूले शवलाई घरको प्यासेजमा झारेर राखेको बस्यालले बताए। उनका अनुसार घटनाको प्रारम्भिक अवस्थाले शंका उत्पन्न गरेको छ र इलाका प्रहरी कार्यालय गरुडाले विस्तृत अनुसन्धान सुरु गरेको छ।

घटनापछि परिवारका सबै सदस्य घरबाट फरार रहेको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालयले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीले आवश्यक फोरेंसिक परीक्षण तथा साक्षी बयानमार्फत मृत्युको कारणबारे जानकारी लिईरहेको छ ।


सम्बन्धित समाचार