११ मंसिर, काठमाडौं । जेनजी आन्दोलनको बेला देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दीमध्ये झन्डै आधा संख्या अझै पनि फरार रहेका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठकलाई जानकारी गराएअनुसार, आन्दोलनका क्रममा भागेका कुल ९ हजार ६९७ कैदीबन्दीमध्ये हालसम्म ४ हजार ८५७ जना अझै पनि सरकारी नियन्त्रणबाहिर छन् ।
गृहमन्त्री अर्यालले भागेकामध्ये ९ हजार ६९७ जना फिर्ता भइसकेका भए पनि बाँकी ठूलो संख्याका फरार कैदीबन्दीलाई फिर्ता ल्याउनका लागि सरकारले विशेष अपरेसन सञ्चालन गरिरहेको बताएका छन् ।
हजारौंको संख्यामा कैदीबन्दीहरू फरार रहनुले देशको आन्तरिक सुरक्षा व्यवस्थापनमा गम्भीर चुनौती थपेको छ, र उनीहरूलाई जतिसक्दो चाँडो पक्राउ गरी कारागारको नियन्त्रणमा ल्याउन गृह मन्त्रालयले पहल गरिरहेको छ ।

















