Logo

११ मंसिर, काठमाडौं । नेपालले बंगलादेशतर्फ थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ ।

बिहीबार बंगलादेशको राजधानी ढाकामा सम्पन्न नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौँ बैठकले यो महत्वपूर्ण निर्णय गरेको हो । यस सहमतिका साथै अब नेपालबाट बंगलादेशमा निर्यात हुने कुल विद्युत्को मात्रामा वृद्धि हुनेछ । हाल नेपालले बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरिरहेको छ ।

बैठकमा नेपालको तर्फबाट ऊर्जा सचिव चीरञ्जीवी चटौत र बंगलादेशको ऊर्जा सचिव फर्जना ममताजले आ-आफ्नो टोलीको नेतृत्व गरेका थिए । विद्युत् निर्यातको मात्रा बढाउने सहमतिसँगै बैठकमा सुनकोशी–३ जलविद्युत् आयोजना को लगानी प्रक्रियालाई अगाडि बढाउने विषयमा पनि महत्वपूर्ण निर्णय भएको छ ।

बंगलादेशले यस आयोजनाको लगानी प्रक्रिया बढाउनका लागि आयोजना मूल्यांकन गर्न एक विशेषज्ञ समिति गठन गर्ने र संयुक्त लगानी सम्झौता लाई छिटो टुङ्गो लगाउने सहमति पनि जुटेको छ । यसबाट नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा व्यापारिक सहकार्य थप विस्तार हुने देखिएको छ ।


सम्बन्धित समाचार