११ मंसिर, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसलाई आधार मान्दै सेना परिचालनका लागि औपचारिक स्वीकृति दिएका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले दिएको जानकारीअनुसार, निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र व्यवस्थित रूपमा सम्पन्न गराउनका लागि सरकारले गरेको सिफारिसलाई राष्ट्रपतिबाट स्वीकृत गरिएको हो । निर्वाचनको समयमा सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राख्दै र तीन तहको सुरक्षा घेरालाई प्रभावकारी बनाउनका लागि सेना परिचालन गर्ने प्रचलन रहँदै आएको छ ।
यस स्वीकृतिसँगै निर्वाचन सुरक्षा योजनाअनुसार नेपाली सेना निर्वाचन क्षेत्रहरूमा परिचालन हुने बाटो खुलेको छ ।

















