Logo

१३ मंसिर,काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको जहाज अवतरणको क्रममा चरा ठोक्किएको छ।

उडान संख्या ६१७, जहाज नम्बर ९ एन–एओसी, शनिबार काठमाडौंबाट पोखरा उडेको थियो। पोखरा विमानस्थलमा अवतरणको क्रममा जहाजसँग चरा ठोक्किएको बुद्ध एयरले पुष्टि गरेको छ।

यस घटना बाबजुद पनि जहाजमा रहेका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन्। जहाजलाई पोखरास्थित प्राविधिक टोलीले जाँच गरिरहेको छ।


सम्बन्धित समाचार