Logo

१३ चैत्र, बारा । बित्तिय शिक्षाको महत्वका बारेमा जागरण ल्याउँने उदेश्यले छिमेक लघुबित्त बित्तिय संस्थाले बित्तिय साक्षरता तथा सचेतना कार्यक्रम बजनीमा सञ्चालन गरेको छ ।

जितपुर क, ख र सिमरा शाखाको संयुक्त आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ बजनी स्थित छिमेक लघुबित्त बित्तिय संस्थाको सभाहलमा एक दिने सचेतना कार्यक्रम भएको थियो ।बित्तिय सक्षमता अभिबृद्धिका माध्यमले बिबेकशील बित्तिय निणर्य लिन सघाउने र आर्थिक समृद्धिमा योग्दान गर्नु कार्यक्रमको मुख्य उदेश्य भएको छिमेक लघुबित्त बित्तिय संस्थाका मधेस प्रदेश प्रमुख लाल बहादुर यादबले जानकारी दिनुभयो ।

कार्यक्रममा बचत ,बिमा ,बिप्रेशन ,शेयर लगानी ,कर्जा ,लघुउद्यम ,पारिवारिक बजेट ,नोटको जतन लगायत बिषयमा ज्ञानेश्वर प्रसाद सोनार ,अभय शर्मा ,कृष्ण वन ,सुरेश अर्याल र बिनोद साहले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा बारा र पर्सा जिल्लाका छिमेक लघुबित्तमा आबद्ध ग्राहक ,ग्राहकका छोराछोरी ,स्थानीय ,सर्बसधारण र बिद्यार्थीहरु गरि १ सय ७ जनाको सहभागिता रहेको जीतपुर शाखाका प्रबन्धक प्रशुराम चौधरीले जानकारी दिनुभयो ।

बित्तिय साक्षरता तथा सचेतना कार्यक्रममा शाखा प्रबन्धक हरि प्रसाद डुम्राकोटी ,लक्ष्मण कुमार क्षेत्री ,कर्मचारीहरु पवन जोशी ,हेवन्ती देबी चौधरी लगायतको सहभागिता रहेको थियो । २०२३ मार्च २० देखि २६ सम्म छिमेक लघुबित्त बित्तिय संस्थाले बिश्व बितीय सप्ताह मनाएको छ ।


सम्बन्धित समाचार