Logo

१५ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई पितृशोक परेको छ।

उनका बुवा रामनारायण शाहको उपचारका क्रममा निधन भएको हो । रामनारायण शाहलाई पिसाबमा संक्रमण भएपछि उक्त संक्रमण शरीरभर फैलिएको थियो। स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको थियो र त्यहाँ भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

अस्पताल स्रोतले दिएको जानकारी अनुसार, उनको उपचारकै क्रममा निधन भएको हो । आज बिहान बालेन पिता रामनारायणको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री सुशीला कार्की समेत अस्पताल पुगेकी थिइन्। मेयर बालेन्द्र शाहको बुवाको निधनले महानगरको नेतृत्वमा गहिरो दुःख छाएको छ।


सम्बन्धित समाचार