Logo

१६ मंसिर, काठमाडौं ।  सेयर बजारमा गिरावटको क्रम जारी रहँदै सोमबार पनि नेप्से परिसूचक ४.२८ अंकले घटेर २६४५ अंकमा कायम भएको छ ।

आइतबार २६ अंकले घटेको बजारमा सोमबार परिसूचकमा झिनो गिरावट आए पनि कारोबार रकम मा भने उल्लेख्य कमी आएको छ । अघिल्लो दिन ७ अर्ब ८ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार कारोबार रकम खुम्चिएर ४ अर्ब ७१ करोड रुपैयाँ मा सीमित भएको छ। यसले बजारमा लगानीकर्ताको सहभागिता घटेको संकेत गर्दछ । सोमबार कुल १२४ कम्पनीको मूल्य बढ्यो भने १२६ कम्पनीको घट्यो र ८ कम्पनीको स्थिर रह्यो ।

यस दिन अधिकांश समूहका सूचकहरूमा उतारचढाव देखिए पनि गिरावट १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ० दशमलव ६८ प्रतिशत, लगानी ० दशमलव ७३ प्रतिशत, जीवन बीमा ० दशमलव ५१ प्रतिशत र होटल तथा पर्यटन ० दशमलव ०४ प्रतिशत समूहहरू नकारात्मक रहे । यद्यपि, माइक्रोफाइनान्स ० दशमलव ६१ प्रतिशत, फाइनान्स ० दशमलव ९१ प्रतिशत, विकास बैंक ० दशमलव २६ प्रतिशत लगायतका उपसमूहहरू भने सामान्य वृद्धि देखिए । समग्रमा, नेप्सेमा परिसूचकसँगै कारोबार रकम पनि घट्नुले बजारमा केही सुस्तता आएको देखाउँछ ।


सम्बन्धित समाचार