Logo

१६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत आजको खेलका क्रममा एक अप्रिय घटना भएको छ ।

खेल मैदानको बाउन्ड्री नजिकै ुचियरु गरिरहेकी एक चियर लिडर क्रिकेट बलले लागेर घाइते भएकी छन् । घाइते हुनेमा चितवन टाइगर्सका ब्याटर कुशल मल्ल ले प्रहार गरेको छक्काको बल लागेको हो । कुशलले खेलको अन्तिम ओभरमा लगातार छक्का प्रहार गर्ने क्रममा चौथो बल बाउन्ड्री बाहिर चियर गरिरहेकी ती युवतीको नाकमा सिधै लागेको थियो ।

नाकमा बल लाग्नासाथ उनलाई रगत बग्न थालेको र लगत्तै उनलाई स्ट्रेचरमा राखेर मैदानबाट बाहिर निकालिएको थियो । प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई तत्काल अस्पताल लगिएको छ । यस घटनाले दर्शक र खेलाडी दुवैमा केही समयका लागि चिन्ता छाएको थियो ।


सम्बन्धित समाचार