Logo

१० मंसिर, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार समग्र सेयर बजारको परिसूचक नेप्से मा सामान्य गिरावट आए पनि ६ वटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट ब्रेक लागेको छ ।

नेप्से परिसूचक ०।५३ अंकले घटेर २६४४.७० विन्दुमा थामिएको दिन कारोबार रकम पनि घटेर ४ अर्ब ४८ करोड रुपैयाँमा सीमित भएको छ, जसमा कुल १ करोड कित्ता सेयर बिक्री भएको थियो । यस दिन सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, माबिलुङ इनर्जी, बुंगल हाइड्रो, र श्रीनगर एग्रिटेक को सेयर मूल्य १० प्रतिशतले बढेको हो । यी कम्पनीका लगानीकर्ताले प्रतिसेयर क्रमशः १६१.३० रुपैयाँदेखि ५३.४० रुपैयाँसम्म आम्दानी गरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

आजको कारोबारमा कुल १२५ वटा कम्पनीको मूल्य बढेको छ भने ११९ वटाको घटेको छ । ग्रिन भेन्चर्स लिमिटेड ९.८५ प्रतिशतले घटे पनि अन्य कम्पनीहरूमा ठूलो गिरावट देखिएन । कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर अगाडि रहेको छ, जसको ३१ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । मंगलबार विकास बैंक, फाइनान्स, जलविद्युत्, उत्पादन र प्रशोधन, सामूहिक लगानी, निर्जीवन बीमा, अन्य, र व्यापार समूहका सूचकहरू भने हरियो (सकारात्मक) रहे।


सम्बन्धित समाचार