Logo

१४ चैत,ठोरी । ठोरीमा आगलागीबाट एक घरमा क्षति पुगेको छ । आज बिहान ठोरी गाउँपालिका –२, हनुमान नगरका पदम बहादुर पाण्डेको जस्ताले छाएको काठको घरमा आगलागी हुँदा नगद, लत्ताकपडा, गरगहना, अन्नपात जलेर नष्ट भएको हो ।

आज बिहान करीब ८ बजे लागेको आगलागीका कारण पाण्डेको घरमा करीब ४ लाख ७३ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले जानकारी दिनुभयो ।

बिहानको समय भएको र घरमा पालिएका पशुचौपाय पनि चरणमा लगिएकाले मानवीय र पशुधनमा भने कुनै क्षति नपुगेको उहाँले बताउनुभयो । आगलागीबाट पाण्डेको घरमा रहेको नगद रु १ लाख ५० हजार समेत जलेर नष्ट भएको पण्डेलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ ।

आगलागीको यकिन कारण थाहा नभएपनि प्रहरीले विद्युत सट भई आगलागी भएको हुन सक्ने अनुमान गरेको छ । नेपाल प्रहरी, बिओपी पोस्ट ठोरीका सशस्त्र प्रहरी र स्थानीयको प्रयासपछि आगलागी पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार