Logo

२३ मंसिर,काठमाडौं ।  प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ।

विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ तथा अन्य सांसदहरूका तर्फबाट वारेस श्रवणकुमार श्रेष्ठले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सर्वोच्च अदालतले सोमबार रिट दर्ता गर्दै आगामी पुस २ गते (बुधबार) संवैधानिक इजलासमा सुनुवाइ गर्ने गरी पेसी तोकेको छ। प्रतिनिधि सभा विघटनविरुद्ध यसअघि नै दर्जनभन्दा बढी रिट सर्वोच्चमा दर्ता भइसकेका छन्।

कांग्रेसले दायर गरेको रिटमा संसद्को सबैभन्दा ठूलो दलका नेतालाई प्रधानमन्त्री बनाउन प्रक्रिया सुरु गर्नुपर्ने, प्रतिनिधि सभा विघटन बदर गरी स्थिति भदौ २४ गतेको अवस्थामा फर्काउनुपर्ने माग राखिएको छ।

प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति प्रथम दृष्टिमा असंवैधानिक रहेको दाबी गर्दै कांग्रेसले रिटमा सो सरकारद्वारा गरिएको प्रतिनिधि सभा विघटन सिफारिस पनि संविधानविपरीत भएको उल्लेख गरेको छ।

कांग्रेसले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरी २०८२ भदौ २४ गतेकै स्थिति कायम गराउन परमादेश जारी गर्न माग गरेको छ।


सम्बन्धित समाचार