Logo

१५ चैत्र, काठमाण्डौ । पशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिक निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषले आज सूचना निकालेर पशुपति क्षेत्रमा प्लाष्टिक र प्लाष्टिकजन्य वस्तुलाई निषेध गरेको जनाएको छ ।

प्लाष्टिकजन्य वस्तुको प्रयोगले पपशुपति क्षेत्रमा फोहोर बढेको भन्दै कोषले अब पशुपति क्षेत्रमा प्लाष्टिकजन्य सामग्री नलैजान पनि आग्रह गरेको छ । पशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिक निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषले आज सूचना निकालेर पशुपति क्षेत्रमा प्लाष्टिक र प्लाष्टिकजन्य वस्तुलाई निषेध गरेको जनाएको छ ।

प्लाष्टिकजन्य वस्तुको प्रयोगले पपशुपति क्षेत्रमा फोहोर बढेको भन्दै कोषले अब पशुपति क्षेत्रमा प्लाष्टिकजन्य सामग्री नलैजान पनि आग्रह गरेको छ । कोषले ‘स्वच्छ पशुपति सफा पशुपति’ अभियानमा जुट्न पनि सबैलाई आग्रह गरेको छ । यस्तै, कोषले पशुपति क्षेत्रमा हरेक शनिबार दिनको दुई घण्टा विशेष सरसफाई भइरहेको पनि जनाएको छ ।
बाढीले पुरेको दुई दशकपछि घैलाघारी तालको खोजी गरिँदै

विगत दुई दशकअघि राप्ती नदीमा आएको बाढीका कारण पुरिएको घौलाघारी तालको खोजी सुरु गरिएको छ । बाढीका कारण पुरिएर गेग्रेनमा परिणत बनेको तालको भरतपुर महानगरपालिका–२३ ले खोजी र संरक्षणकार्य सुरु गरेको हो ।

विसं २०५९ मा आएको बाढीका कारण पश्चिम चितवनको पर्यटकीय क्षेत्रका रूपमा रहेको यो ताल पुरिएको थियो । ताल पुरिएसँगै स्थानीय र सरोकारवालाको यसतर्फ ध्यान जानसकेको थिएन । अहिले तालको पुनःनिर्माणका लागि वडा कार्यालयले गुरुयोजना निर्माणको काम सुरु गरेको वडाध्यक्ष दीपक दबाडीले बताउनुभयो । परापूर्वकालदेखि धार्मिक आस्थाका रूपमा रहेको ताल बाढीले पुरेसँगै संरक्षणको पर्खाइमा रहेको थियो ।

त्यो ताल पुनःनिर्माणका लागि चालु आर्थिक वर्षमा ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । तीन बिघा क्षेत्रफलमा फैलिएको त्यो तालको निर्माणका लागि गुरुयोजनासँगै पुनःसंरचनाको समेत काम सुरु गरिएको उहाँले बताउनुभयो । विस्तृत अध्ययन प्रतिवेदन चैत महिनाभित्र आउने गरी काम अघि बढाइएको बताउँदै दबाडीले अहिले तालको क्षेत्रफलअनुसार नक्साङ्कनको काम सुरु गरिएको बताउनुभयो ।

बाढीले पुरेसँगै तालको खोजी नभएकाले यसलाई व्यवस्थित गर्न कठिन हुने भए पनि वडाले यसको संरक्षणलाई आफ्नो गौरवको आयोजनका रूपमा राखेर काम अघि बढाएको छ । घैला आकारमा रहेको त्यो तालको बीचमा मन्दिर रहेको छ । तालमा स्नान गरेर मन्दिरमा पूजा गर्दा चाहेको कुरा पूरा हुने विश्वास रहेको स्थानीय बुद्धिराम विश्वकर्माले बताउनुभयो । यस तालको संरक्षणसँगै स्थानीयको जीविकोपार्जनका लागि सहयोगी बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । धार्मिक पर्यटक भित्र्याउन यस तालले सहयोग पुग्ने उहाँको विश्वास छ ।

वडाले यस तालको संरक्षणसहित स्थानीयको अपनत्व झल्कने खालका संरचना निर्माण गर्ने योजनामा रहेको वडाध्यक्ष दबाडीले जानकारी दिनुभयो । ताल क्षेत्रमा थारू र बोटे समुदायको बाहुल्यता रहेको छ । ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै लैजाने योजना रहेको उहाँले बताउनुभयो । तालको खोजीसँगै सो क्षेत्रमा तालको बीचमा मन्दिर निर्माण, पार्क, पिकनिक स्थल, माछा मार्ने स्थल, विश्रामस्थलजस्ता संरचना निर्माण गरिने छ । साभार उज्यालो


सम्बन्धित समाचार