Logo

१५ चैत्र, रौतहट । रौतहटको ईशनाथ नगरपालिका–६ जयनगरमा आगलागी हुँदा जलेर एक बालिकाको मृत्यु भएको छ । अर्की एक बालिका घाइते भएकी छन् । गएराति १० बजेतिर मोजिबुल रहमानको घरमा आगो लागेको हो ।

उहाँकी १२ वर्षीया छोरी राजिया खातुन सुतेको अवस्थामा आगोमा जलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । राजियाको मृत्यु भएको र उनकी बहिनी १० वर्षीया सजिया खातुन घाइते भएकी छन् ।

उनको प्रादेशिक अस्पताल गौरमा उपचार भैरहेको छ । आगोले मोजिबुलको घरसहित १६ लाख रुपैयाँ र शेख ईशराजको घरसहित दुई लाख रुपैयाँ गरी १८ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । भुस र दाउराबाट आगो सल्किएको हुनसक्ने प्रारम्भिक अनुमान छ । आगो गएराति नै निभाइएको छ ।


सम्बन्धित समाचार