Logo

१६ चैत, ठोरी पर्सा । पर्सा राष्ट्रिय निकुन्जबाट वस्ती प्रवेश गरेको पाटे बाघले ठोरीमा एक किसानले पालेको बाख्रा मारेर खोर नै रित्याएको छ।

गएराती पर्सा राष्ट्रिय निकुञ्जबाट आएको पाटे बाघले ठोरी ४ मानेचोकका स्थानीय नबिन तामाङको गोठमा पसि बाख्राको खोर नै सखाप पारेको छ । बाघले ५ वटा माउ बाख्रा, २ वटा खसि गरि ७ वटा बाख्रा मारिदिएको कुसुम बाटिका मध्यवर्ती उपभोक्ता समीतीका अध्यक्ष बुद्ध पाख्रीनले जानकारी दिए।

बाघको आक्रमणबाट किसान तामाङ्लाई एक लाख भन्दा धेरै क्षति पुगेको छ । राति करीब ११ बजे बाख्राको खोरमा छिरेको बाघ राति १ बजे मात्र जङ्गल फर्केको थियो ।

घट्ना थाहा पाए लगतै स्थानीयबासीले पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनलाई खबर गरेका थिए । उक्त बाघलाई स्थानीय बासी,निकुञ्जका कर्मचारी र आर्मीको संयुक्त टोलीले पर्सा राष्ट्रिय निकुञ्ज तर्फ फर्काएका हुन्।

गएको चैत ७ सात गते पनि पर्सा राष्ट्रिय निकुञ्ज बाट निस्कीएको पाटे बाघले ठोरीको घ्याङडाँडाका स्थानीय मिकमार लामाको गोठमा नै आक्रमण गरेर ६ वटा बाख्रा १ भैसिको पाडा मारेको थियोे ।

केही दिन देखि पर्सा राष्ट्रिय निकुञ्ज बाट बस्तीमा प्रवेश गरेको बाघको कारण निकुञ्ज आसपास बसोबास गर्ने स्थानीयवासी भयवित भएका छन् । बाघले घरपालुवा जनावर र मानिसलाई समेत आक्रमण गर्न थालेपछि त्यस क्षेत्रका जनताले असुरक्षित महशुस गर्न थालेका छन् ।


सम्बन्धित समाचार