Logo

११ पुष, काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले ऐतिहासिक उचाई छुँदै नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुनको मूल्यमा एकैदिन प्रतितोला १८ सय रुपैयाँको भारी वृद्धि भएको छ । यो वृद्धिसँगै सुनको भाउ अहिलेसम्मकै महँगो हुँदै प्रतितोला २ लाख ६९ हजार ३ सय रुपैयाँ पुगेको छ, जसले यसअघिका सबै रेकर्डहरू तोडेको छ । हिजो बिहीबार छापावाल सुन प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि उच्च बढोत्तरी देखिएको छ । महासंघका अनुसार चाँदीको मूल्य आज तोलामा १६५ रुपैयाँले बढेर ४ हजार ५ सय ६५ रुपैयाँ कायम भएको छ। यो चाँदीको कारोबार इतिहासमा हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४ सय रुपैयाँमा खरिद–बिक्री भएको थियो ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको उत्तरचढावका कारण नेपाली बजारमा पनि बहुमूल्य धातुको मूल्यले लगातार नयाँ उचाई लिइरहेको व्यवसायीहरू बताउँछन् ।


सम्बन्धित समाचार
भर्खरै