११ पुष, काठमाडौं । सर्वोच्च अदालतले जेनजी घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगका अध्यक्ष एवं पूर्वन्यायाधीश गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न माग गर्दै दायर गरिएको रिट निवेदन खारेज गरेको छ ।
सरकारले भदौमा घटेको उक्त संवेदनशील घटनाको सत्यतथ्य पत्ता लगाउन कार्कीको नेतृत्वमा उच्चस्तरीय आयोग गठन गरेको थियो । तर, उक्त नियुक्ति बदर गर्न माग गर्दै परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले दाबी नपुग्ने ठहरसहित खारेज गरिदिएको हो ।
अदालतको यो फैसलासँगै पूर्वन्यायाधीश कार्कीलाई आयोगको नेतृत्व सम्हाल्न कानुनी बाटो खुला भएको छ । जेनजी आन्दोलन र त्यसक्रममा भएका घटनाहरूको निष्पक्ष छानबिनका लागि सरकारले उहाँको अनुभव र विज्ञतालाई विश्वास गर्दै यो जिम्मेवारी सुम्पिएको थियो । रिट खारेज भएसँगै अब आयोगले आफ्नो कार्यदेश अनुसार छानबिन प्रक्रियालाई निर्बाध रूपमा अगाडि बढाउने देखिएको छ ।















