११ पुष, काठमाडौं । चार महिना लामो राजनीतिक सम्बन्धविच्छेद र आन्तरिक कलहलाई बिट मार्दै नागरिक उन्मुक्ति पार्टी ९नाउपा० का संस्थापक दम्पती रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनर्मिलनको बिन्दुमा आइपुगेका छन् ।
आफ्नै घरभित्रको विवादका कारण दुई फरक राजनीतिक दलको नेतृत्व गरिरहेका उनीहरूले भोलि शनिबार औपचारिक रूपमा पार्टी एकताको घोषणा गर्दैछन् । सिनामंगलस्थित नाउपा नेपालको केन्द्रीय कार्यालयमा दिउँसो १ बजे आयोजना गरिने विशेष समारोहमा दुवै पार्टीलाई एउटै ढिक्का बनाउने तयारी अन्तिम चरणमा पुगेको छ ।
नाउपाको यो एकता यात्रा राजनीतिक उतारचढावले भरिएको छ । २०७८ पुसमा रेशम कारागारमा हुँदा रञ्जिताको अध्यक्षतामा गठन भएको यो पार्टीले छोटो समयमै आम निर्वाचनमा उत्साहजनक नतिजा निकालेको थियो । तर, टीकापुर महाधिवेशनपछि रञ्जितालाई हटाएर रेशम आफैँ अध्यक्ष बनेसँगै सुरु भएको विवादले पार्टीलाई विभाजनको संघारमा पुर्याएको थियो । फलस्वरुप, गत भदौ २९ गते रेशमले ुनाउपाुबाट अलग भई ुनाउपा नेपालु नामक नयाँ दल दर्ता गरेर छुट्टै राजनीतिक यात्रा तय गरेका थिए ।
अन्ततः विचार, सिद्धान्त र मार्गनिर्देशक एउटै भएको निष्कर्ष निकाल्दै दुवै पक्षले विभाजनभन्दा एकतामै शक्ति हुने महसुस गरेका छन् । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठका अनुसार, दुई पार्टीको मिलनले संगठनलाई थप सुदृढ र बलियो बनाउनेछ । एकीकृत पार्टीको नाम ुनागरिक उन्मुक्ति पार्टी नेपालु रहने र पुरानै झन्डा एवं चुनाव चिह्नलाई निरन्तरता दिने सहमति भएको छ । यो पुनर्मिलनले सुस्ताएको नाउपाको राजनीतिमा नयाँ ऊर्जा भर्ने र आगामी फागुन २१ को निर्वाचनमा एकीकृत शक्तिका साथ सहभागी हुने ढोका खोलेको छ ।















