Logo

१८ चैत,सेढवा । गँहुको मूल्य वृद्धि हुँदा किसान खुसी भएका छन । गत वर्षको तुलनामा यसवर्ष गहुको मूल्य ४० देखि ५० प्रतिशतले वृद्धि हुँदा उनीहरु खुसी भएका हुन् ।

गतवर्ष गँहु प्रतिक्वीन्टल २ हजार ५ सयदेखि २ हजार ८ सय रुपैयासम्म बिक्री हुन्थ्यो । तर यसवर्ष गँहुको मूल्य प्रतिक्विन्टल ४ हजारदेखि ४ हजार २ सयसम्म खरिद बिक्री हुँदा किसान खुसी भएका छन् । जिल्लाका अधिकांश क्षेत्रमा गँहु काट्न पाकेको नभएपनि केही स्थानमा भने गँहुबाली भित्र्याउने कार्य भइरहेको छ ।

जिल्लाको ठोरी, जिराभवानी, पटेर्वासुगौली तथा सखुवाप्रसौनी गाउँपालिकाका उत्तरी भेगमा गँहु पाकिसकेकाले कटाने गर्ने कार्य भइरहेको हो । त्यस्तै जगरनाथपुर गाउँपालिकाको केही स्थानमा गहुँबालीका कटानी भइरहेको छ । जगरनाथपुर गाउँपालिका वडा नं ३ गढैयाका किसान गुलाब प्रसाद यादवले यसवर्ष गँहुको मूल्य बढ्दा बल्ल खेती किसानीबाट राम्रो आम्दानी हुने बताउनुभयो ।

मल, बिउ बिजन, किटनाशक औषधी, सिचाँई तथा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धिका कारण किसानलाई सास्ती हुदैँ आएको उहाँको भनाई छ । यसवर्ष गँहुको मूल्य वृद्धि हुँदा केहिभएपनि राहत भएको यादवले बताउनुभयो ।

यता जिराभवानी गाउँपालिका–५ हरैयाका किसान जलकपूर दासले गँहुको मूल्य उचित भएपनि केहिदिनमै व्यापारीहरुले गँहुको मूल्य घटाउने भन्दै चिन्ता लागेको बताउनुभयो ।

उहाँले हाल केहि क्षेत्रमा गँहु पाकेपनि अधिकांस क्षेत्रमा भने गँहु नपाकेको जानकारी दिनुभयो । दिनँहु मौसम परिवर्तन भई कहिले पानी पर्ने र कहिले बेस्सरी चल्ने हावाहुरी तथा असिनाका कारण आफूहरु थप चिन्तित भएको उहाँको गुनासो छ ।

 


सम्बन्धित समाचार