Logo

२२ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका– १७ रामगढवास्थित संचालित यादगार बचत तथा ऋण सहकारी सस्थांका संचालक फरार भएका छन् । सर्वसाधारणले बचत गरेको करिब १० करोड रकम लिएर सहकारी संचालक समितिका अध्यक्ष राहुल सिहं र कोषाध्यक्ष बलराम साह फरार भएका हुन् ।

आफूले मेहेनत गरि जम्मा गरेको रकम गुमाउदाँ निकै मर्का परेको रानीघाटका बचतकर्ता अनिल स्वर्णकारले गुनासो गर्नुभयो । उहाँले विगत लामो समयदेखि घर खर्चबाट कटाएर भविष्यको लागि जम्मा गरेको रकम उनीहरुले लिएर फरार भएको भन्दै दुखेसो पोख्नुभयो ।

सोही सहकारीका मार्केटर धर्मेद्र रौनियारसँग बुझ्न खोज्दा यस विषयमा आफू जानकार नरहेको बताउनुभयो । विगत दुई तीन महिनादेखि सहकारीमा शंकास्पद रुपले कार्य भईरहेको थाहा पाउदाँ पैसा निकाल्न खोजेको तर सहकारीका कोषाध्यक्ष साहले आफू यहिको बासस्थानी रहेको भन्दै कतै नभाग्ने आश्वासन दिएको बचतकर्ताहरुले बताएका छन् । तर केहि समय अघिदेखि साह स्वयम् फरार छन् ।

विगत लामो समयदेखि संचालित सो सहकारी सस्थांमा रानीघाट, अशोकवाटिका, श्रीपुर, रामगढवा लगायतका क्षेत्रका अधिकांस सर्वसाधारणले बचत गर्दै आएका थिए ।


सम्बन्धित समाचार