Logo

९ माघ, काठमाडौं । भक्तपुरको सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार रातिदेखि उत्पन्न तनावपूर्ण स्थिति सुरक्षाकर्मीको व्यापक उपस्थिति र हस्तक्षेपपछि अहिले सामान्य बन्दै गएको छ ।

सुधारगृहभित्र रहेका दुई समूहबीच आपसी विवादका कारण सुरु भएको झडपले उग्र रूप लिँदा मध्यरातसम्म स्थिति नियन्त्रणबाहिर पुगेको थियो । आन्दोलित समूहले सुधारगृह परिसरमा आगजनी र तोडफोड समेत गरेपछि अवस्थालाई साम्य पार्न र सम्भावित क्षति रोक्न सुरक्षा निकायले ठूलो संख्यामा प्रहरी टोली परिचालन गरेको थियो ।

तनाव उत्कर्षमा पुगेका बेला स्थिति सम्हाल्न पुगेको थिमि प्रहरी वृत्तका प्रमुख नेतृत्वको टोलीमाथि नै भित्रबाट ढुङ्गा प्रहार भएपछि रातभर क्षेत्र त्रसित बनेको थियो । आगजनी नियन्त्रणका लागि भक्तपुर र काठमाडौँबाट वारुणयन्त्रहरू तत्काल परिचालन गरी राति नै आगो निभाइएको थियो । हाल १६९ जना नाबालक तथा युवाहरू रहेको उक्त सुधारगृहमा थप अप्रिय घटना हुन नदिन र सुरक्षा व्यवस्था चुस्त राख्नका लागि अझै पनि परिसरमा बाक्लो संख्यामा प्रहरी तैनाथ राखिएको छ ।


सम्बन्धित समाचार