Logo

९ माघ, काठमाडौं । दोलखाका प्रभावशाली युवा नेता कुन्दन काफ्लेका लागि यसपटकको संसदीय राजनीति ‘निल्नु न ओकल्नु’ जस्तै बनेको छ ।

प्रतिनिधिसभा सदस्यको टिकट पाउने तीव्र आकाङ्क्षा र आश्वासनका बीच उनले बागमती प्रदेशसभा सदस्य पदबाट समेत राजीनामा दिएर चुनावी दौडमा होमिएका थिए । संघीय संसद्को यात्रा तय गर्ने दाउमा उनले हातमा रहेको पदलाई समेत दाउमा लगाएका थिए, तर अन्तिम समयमा पार्टीले उनलाई प्रतिनिधिसभाको टिकट नदिएपछि काफ्ले अहिले राजनीतिको विचित्रको चेपुवामा परेका छन् ।

टिकटको पक्कापक्की जस्तै ठानेर प्रदेशसभाबाट राजिनामा दिएर बाहिरिएका काफ्लेका लागि केन्द्रको राजनीतिमा प्रवेश गर्ने ढोका पनि बन्द भएको हो । अर्कोतिर पुरानो पद समेत गुमेको छ । दोलखा कांग्रेसभित्र बलियो पकड राख्ने काफ्लेले चालेको यो अप्रत्याशित कदमले उनलाई अहिले राजनीतिक रूपमा घरको न घाटको अवस्थामा पुर्‍याइदिएको छ ।

विशेषगरी पार्टी केन्द्रमा चुलिएको विवादका कारण उनी टिकट पाउनबाट बञ्चित भएका हुन् । कांग्रेस नेता कृष्णप्रसाद सिटौला खेमामा रहेका उनी केही समयअघि सम्पन्न विषेश महाधिवेशनबाट कांग्रेसमा नयाँ नेतृत्व आएपछि सभापति गगन पक्षका अजयबाबु शिवाकोटीले टिकट पाएका छन् । तर, दोलखाका लागि जित हात पार्ने उम्मेदवारको रुपमा कुन्दनलाई ‘बोल्ड’ नेताको रुपमा हेरिएको थियो । कांग्रेसको विषेश महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने क्रममा गत साता मात्रै कुन्दनको शेरबहादुर देउवा नेतृत्वमा पाएको केन्द्रिय सदस्य पद पनि गुमेको थियो ।

आफ्नै पार्टीभित्रको आन्तरिक समीकरण र टिकट वितरणको रस्साकस्सीमा उनी पछारिएका छन् । विशेषगरी पार्टी केन्द्रमा चुलिएको विवादका कारण उनी टिकट पाउनबाट बञ्चित भएका हुन् । कांग्रेस नेता कृष्णप्रसाद सिटौला खेमामा रहेका उनी केही समयअघि सम्पन्न विषेश महाधिवेशनबाट कांग्रेसमा नयाँ नेतृत्व आएपछि सभापति गगन पक्षका अजयबाबु शिवाकोटीले टिकट पाएका छन् । तर, दोलखाका लागि जित हात पार्ने उम्मेदवारको रुपमा कुन्दनलाई ‘बोल्ड’ नेताको रुपमा हेरिएको थियो । कांग्रेसको विषेश महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने क्रममा गत साता मात्रै कुन्दनको शेरबहादुर देउवा नेतृत्वमा पाएको केन्द्रिय सदस्य पद पनि गुमेको थियो ।

यो घटनाले नेपाली राजनीतिमा महत्वाकाङ्क्षा र जोखिमको सन्तुलन नमिल्दा कसरी स्थापित पद समेत धरापमा पर्छ भन्ने एउटा ज्वलन्त उदाहरण प्रस्तुत गरेको छ । कुन्दन काफ्लेले प्रतिनिधिसभाको टिकट प्राप्तिका लागि आफ्नो वर्तमान पद त्याग गरेर ठूलो राजनीतिक जोखिम मोलेका थिए, तर नतिजा उल्टो आइदिँदा उनले एउटा महँगो मूल्य चुकाउनु परेको छ । अबको आगामी यात्रामा उनले कसरी आफ्नो राजनीतिक भविष्य पुनः सुरक्षित गर्छन् भन्ने विषय दोलखाको राजनीतिमा चासोको विषय बनेको छ ।


सम्बन्धित समाचार