Logo

२३ चैत,बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले नयाँ सोच नयाँ संरचना अनुसार उपमहानगर अघि बढेको बताउनुभएको छ । जितपुरमा आधुनिक प्रविधिका जीतपुरसिमरा जनस्वास्थ्य प्रयोगशालाको उद्घघाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पुरातात्विक सोचका केही व्यक्तिले अहिले पनि पुरानै शैलीमा चल्ने मनसाय बनाएको बताउनुभयो । त्यो मनसाय कुनै हालतमा पुरा गर्न नदिने उहाँले स्पष्ट पार्नुभयो । जीतपुरसिमरा उपमहानगरपािलकाले २५ वटा स्वास्थ्य युनिटहरुबाट स्वास्थ्य सेवा प्रदान गर्ने सोचमा रहेको उहाँको भनाई छ । प्रत्येक नागरिकलाइ वडा स्तरमै कम्तीमा पनि अधारभुत तहको सेवा प्रदान गर्ने उहाँको सोच छ ।

नगरप्रमुख पौडेलले अहिले प्रत्येक वडाको स्वास्थ्य चौँकीमा एच.ए. तहको सेवा प्रदान गर्ने आफनो सोच रहेको बताउनुभयो । त्यसका लागि उपमहानगरपालिकाले सोही अनुसार गृहकार्य गरिरहेको मेयर पौडेलको दावी छ । उहाँले सर्वसाधारणलाई लक्षित गर्दै स्वास्थ्य चौकीहरुमा फार्मेसी सञ्चालन गर्ने जिकिर गर्नुभयो । जसबाट स्वास्थ्य संस्थामा निशुल्क रुपले नपाउने औषधीहरु सर्वसुलभ मूल्यमा बिक्री हुनेछ ।

उहाँले आफुले बोलेका हरेक कुराहरु आफनो व्यवहारमा लागु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । प्रयोगशालाको उद्घाटन मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य चौधरीले जीतपुर स्वास्थ्य चौँकीको ईतिहास बताउँदैँ यसको स्तर वृद्धिमा सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।

उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखाका प्रमुख रबि भाष्करले प्रदेशको हरेक पालिकामा मधेस प्रदेश सरकारको आधुनिक प्रयोगशाला स्थापना गर्ने उदेश्य अनुरुप जीतपुरसिमरा उपमहानगरपालिकामा पनि जनस्वास्थ्य प्रयोगशालाको सामग्रीहरु आएको बताउनुभयो । यसबाट आएका परिक्षणको परिमाण बजारको भन्दा विश्वसनीय हुने जानकारी दिनुभयो । जीतपुरसिमरा जनस्वास्थ्य प्रयोगशालाबाट बजारमा हुने रोग परिक्षणको मुल्य भन्दा कम्तीमा पनि ५० देखि ६० प्रतिशतसम्म कममा रोग परिक्षण गरिने जीतपुर स्वास्थ्य चौँकीका प्रमुख प्रविण झाको भनाई छ ।

 


सम्बन्धित समाचार