Logo

१० माघ,वीरगञ्ज । नेपालका उड्डयन क्षेत्रमा नयाँ इतिहास रच्दै पर्सा जिल्लाकी सबैभन्दा कान्छी महिला पाइलटका रूपमा आयुषा कापरी स्थापित भएकी छन्। परम्परागत रूपमा पुरुषप्रधान मानिने उड्डयन क्षेत्रमा उनको यो सफलता नेपाली महिलाको क्षमता, आत्मबल र सम्भावनाको सशक्त प्रमाण बनेको छ।

वि।सं। २०६१ साल असार १५ गते पर्सा जिल्लाको वीरगञ्जमा जन्मिएकी आयुषा कापरीले बाल्यकालदेखि नै पाइलट बन्ने सपना देखेकी थिइन्। सोही सपनालाई साकार पार्ने लक्ष्यसहित उनले संयुक्त राज्य अमेरिका ९अमेरिका० बाट पाइलट अध्ययन पूरा गरेकी छन्। आधुनिक प्रविधि, कडा अनुशासन र उच्च सुरक्षा मापदण्डका लागि परिचित अमेरिकामा अध्ययन गर्दै उनले कठिन र प्रतिस्पर्धात्मक प्रशिक्षण प्रक्रिया सफलतापूर्वक पूरा गरेकी हुन्।

उड्डयन पेशा अत्यन्त जिम्मेवार, प्राविधिक तथा मानसिक रूपमा चुनौतीपूर्ण क्षेत्र मानिन्छ। अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण वातावरणमा आफूलाई सक्षम सावित गर्दै आयुषाले कम उमेरमै पाइलट कोर्स पूरा गर्नु उनको निरन्तर मेहनत, अनुशासन र दृढ इच्छाशक्तिको परिणाम रहेको उनको परिवार र शिक्षण संस्थाले बताएका छन्।

संघर्ष र समर्थनस् परिवार र आफन्तको साथ

आयुषा सामान्य पारिवारिक पृष्ठभूमिबाट आएकी हुन्। उनका पिता बिरेन्द्र कापरी नेपाल आयल निगममा बाउजर अपरेटरका रूपमा कार्यरत छन्। सीमित स्रोतसाधनका बाबजुद परिवारको निरन्तर साथ, भरोसा र उत्साहले आयुषालाई आफ्नो लक्ष्यतर्फ अघि बढ्न महत्वपूर्ण भूमिका खेलेको देखिन्छ।

त्यस्तै, आयुषाको सफल यात्रामा मामा उमेश धिमालको सहयोग, मार्गदर्शन र प्रेरणा निर्णायक रहेको आयुषाले बताइन्। नेपाल आयल निगमअन्तर्गत एभिएसन फ्युल डिपो, सिनामंगलमा कार्यरत धिमालबाट पाएको उड्डयन क्षेत्रसम्बन्धी अनुभव र व्यावहारिक सुझावले आफूलाई पाइलट बन्ने यात्रामा थप बल पुगेको उनले बताइन्।

नेपालमा उड्डयन र महिला सहभागिता

भौगोलिक रूपमा चुनौतीपूर्ण नेपालमा हवाई सेवा अत्यन्त महत्वपूर्ण मानिन्छ। यस्तो अवस्थामा दक्ष, अनुशासित र जिम्मेवार पाइलटहरूको आवश्यकता बढ्दो छ। पर्सा जिल्लाकी सबैभन्दा कान्छी पाइलटका रूपमा आयुषा कापरीको उदयले उड्डयन क्षेत्रमा महिलाको सहभागिता विस्तार गर्न र नयाँ पुस्तालाई प्रेरित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

आयुषा कापरीले केवल विमान उडाएकी मात्र होइनन्, उनले पर्सा जिल्ला मात्र नभई देशभरका हजारौँ युवतीहरूका सपना र आत्मविश्वासलाई पनि उडान भर्न प्रेरित गरेकी छन्। उनको जीवनयात्रा संघर्ष, परिवारको साथ र आफन्तको सहयोगले असम्भवजस्तो देखिने सपना पनि सम्भव बनाउन सकिन्छ भन्ने सशक्त उदाहरण बनेको छ।


सम्बन्धित समाचार
भर्खरै