१४ माघ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच बुधबार बिहान राष्ट्रपति निवास शीतलनिवासमा भेटवार्ता भएको छ ।
धानमन्त्री कार्की बिहान १०ः३० बजे शीतलनिवास पुगेकी थिइन् भने दुई शीर्ष नेताबीच करिब आधा घण्टा संवाद भएको थियो । राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलका अनुसार उक्त भेटघाटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र अन्य समसामयिक विषयहरूमा केन्द्रित रहेर कुराकानी भएको छ ।
भेटका क्रममा विशेषगरी देशको वर्तमान राजनीतिक घटनाक्रम र आगामी निर्वाचनको तयारीका सन्दर्भमा छलफल भएको बुझिएको छ । नियमित भेटघाटको रूपमा लिइएको यस संवादमा प्रधानमन्त्रीले सरकारका कामकारबाही र सुरक्षा अवस्थाबारे राष्ट्रपतिलाई अवगत गराउनुभएको थियो । आधा घण्टाको संक्षिप्त भेटपछि प्रधानमन्त्री कार्की शीतलनिवासबाट बाहिरिनुभएको हो ।
















