Logo

२४ चैत्र, पर्सागढि । पर्साको पर्सागढि नगरपालिका वडा न २ मा भुमिहिन दलित भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी हरुको लागि जग्गाको निस्सा बितरण कार्यक्रम सम्पन्न भएको छ ।

पर्सागढि नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा पर्सागढि नगरपालिका वडा न २ का तीन सय घर परिवार लाई जग्गाको निस्सा बितरण गरेको हो ।
निस्सा बितरण कार्यक्रममा ७६ जना भुमिहिन दलित , ४१ जना भुमिहिन सुकुम्बासी र १८३ जना अव्यवस्थित बसोबासी गरि ३०० सय जना लाई जग्गाको निस्सा बितरण गरियको पर्सागढि नगरपालिका उपप्रमुख पुजा चौधरीले जानकारि दिनुभएको छ ।

निस्सा बितरण कार्यक्रम पर्सागढि नगरपालिका वडा न २ का वडा अध्यक्ष बिरेन्द्र दास थारुको अध्यक्षतामा भएको कार्यक्रममा भुमिहिन सुकुम्बासी आयोग पर्साका अध्यक्ष तबरेज अहमद ,सदस्य हेम कुमारी भट्टराई , पर्सागढि कार्यपालिका सदस्य सीता लामा लगायत रहेका थिए ।निस्सा बितरण भए पछि जग्गा धनी पुजा चाडै पाउने भनी स्थानिय हरु खुसी भएको स्थानिय समाज सेबि बालकृष्ण श्रेष्ठले बताएका छन ।


सम्बन्धित समाचार