Logo

१६ माघ,सेढवा । थारु लेखक संघ नेपालद्वारा आयोजित तथा थारु अतिथि सेवा सदन समितिको सहआयोजनामा दशौँ राष्ट्रिय थारु साहित्य सम्मेलन आजदेखि सुरु भएको छ। पटेर्वासुगौली गाउँपालिका–२ बेलवास्थित थारु अतिथि सेवा सदनको सभा हलमा सम्मेलन उद्घाटन गरिएको हो।

सदन समितिका अध्यक्ष रामचन्द्र दहित थारुको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति बिमल कृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा मधेश सरकारका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरी, नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी, मोहनलाल चौधरी, जसपाका नेता डा. कृपासिन्धु चौधरी, नेकपाका नेता जयप्रकाश थारु तथा नेता नागेन्द्र चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

सम्मेलन अन्तर्गत कविता वाचन, रचनापाठ, साहित्यिक विमर्श तथा स्रष्टा सम्मान कार्यक्रम समावेश गरिएको आयोजकले जनाएको छ। सम्मेलनले स्थानीय साहित्यिक गतिविधिलाई राष्ट्रिय स्तरसम्म प्रवर्द्धन गर्ने र नयाँ पुस्तालाई साहित्य सिर्जनातर्फ आकर्षित गर्ने उद्देश्य लिएको बताइएको छ।


सम्बन्धित समाचार