Logo

२५ चैत,वीरगञ्ज । पर्सामा गहुँ कटानी गर्ने समयमा व्यापारीहरूले गहुँको मूल्य घटाएपछि किसानहरू चिन्तित भएका छन् । यसअघि व्यापारीले गत वर्षको मूल्यको तुलनामा प्रतिक्विन्टल गहुँको दाममा रु १२ सय वृद्धि गरेर खरीद गर्दै आएकोमा हाल पाँच सय घटाएको भन्दै उनीहरु चिन्तित भएका हुन् ।

गत वर्ष गहुँको मूल्य ३ हजार प्रतिक्विन्टल थियो । एक साताअघिसम्म ४ हजार २ सय प्रतिक्विन्टलका दरले खरीद गर्दै आएका व्यापारीहरूले गहुँको मूल्य प्रतिक्विन्टल रु ३७ सय कायम गरेको किसानको भनाई छ ।

जिल्लामा ठोरी, जिराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी, जगरनाथपुर, पर्सागढी लगायत अन्य गाउँपालिका अन्र्तगत पर्ने केही क्षेत्रमा डेढ सातादेखि गहुँ कटानी भइरहेको छ । बाँकी क्षेत्रमा पनि गहुँ कटानी भएर अहिले भिओई ल्याइँदै छ । जिल्लाभरिका किसानहरू गहुँ कटानी गरी भिओई ल्याउने समयमा अहिले व्यापारीहरूले मूल्य घटाएका हुन् ।

 


सम्बन्धित समाचार