Logo

फाइल तस्वीर

२५ चैत,वीरगञ्ज । रौतहटको राजपुर नगरपालिका ९ बैरिया गाउँमा ५ वटा घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । स्थानीय रुपनरायन साह कानुको घरदेखिसुरु भएको आगलागीबाट गणेश साह कानु, उधो साह कानु, महेन्द्र साह कानु, राजेन्द्र साह कानुको घर पूर्णरुपमा जलेर नष्ट भएको हो ।

आगलागीमा अन्न, लत्ताकपडा धान, जलेर १७ लाख ३४ हजार ७०० रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आगलागी हुँदा गौरबाट दमकल आउँदा ढिलो भएकाले समयमा नियन्त्रण हुन नसक्दा पूर्ण क्षति भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली र गाउँले मिलेर झन्डै ४ घण्टामा आगलागी नियन्त्रणमा लिएका थिए ।

रौतहटको सदरमुकाम गौर र चन्द्रपुर नगरपालिकामा मात्र वारुणयन्त्र दमकल रहेको छ । गौर चन्द्रपुर बाहेक अन्य कुनै पालिकामा आगलागीको घटना हुँदा ३० किलोमिटर टाढाबाट दमकल नपुग्दै घरहरू जलेर खरानी हुने गरेका छन् ।

जिल्लाको समस्यालाई विचार गर्दै दैविक प्रकोप उदार समितिका अध्यक्ष सिडिओ धर्मेन्द्र कुमार मिश्रको अध्यक्षतामा हिजै बसेको बैठकले सबै स्थानीय तहमा वारुणयन्त्र दमकल खरिदका लागि पहल गर्ने निर्णय गरेको छ ।


सम्बन्धित समाचार