Logo

२५ चैत, काठमाडौं । धुम्बाराहीस्थित ह्याम्स अस्पतालको हेलिप्याडमा ल्याण्ड हुने क्रममा अल्डिच्युट एयरको हेलिकोप्टरको पंखा खसेको छ ।ह्याम्सका डाक्टरलाई चितवन लिएर जानका लागि त्रिभुवन विमानस्थलबाट हेलिप्याडमा अवतरण गर्दा पछाडिको पंखा खसेको ह्याम्सका अध्यक्ष आरएस भण्डारीले जानकारी दिए ।

अल्टिच्युटको हेलिकोप्टरको पंखा खसेपछि डाइनेस्टीको हेली लिएर डाक्टरको टोली चितवन पठाइएको भण्डारीले बताए ।पंखा खसेको हेलिकोप्टर अस्पतालको हेलिप्याडमै छ । प्राविधिक आएर बनाएपछि लैजाने तयारी छ । सो घटनामा चालक सकुशल रहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार