Logo

२७ माघ,वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी माहोल तातेको छ। निर्वाचन मिति नजिकिँदै गर्दा उम्मेदवारहरू मतदाता भेटघाट, घरदैलो अभियान तथा प्रचार–प्रसारमा सक्रिय देखिएका छन्।

यसैक्रममा परिवर्तनका लागि युवा, भरोसाको केन्द्र र नयाँ राजनीतिक दलका रूपमा परिचित प्रगतिशील लोकतान्त्रिक पार्टी पर्सा क्षेत्र नम्बर–२ का उम्मेदवार अमिताभ बच्चन दासले बहुदरमाई नगरपालिका वडा नम्बर–४ डोकैलामा घरदैलो तथा जनसम्पर्क कार्यक्रम सम्पन्न गरेका छन्।

चुनाव चिन्ह ‘आँखा छाप’ लिएर मैदानमा उत्रिएका उम्मेदवार दासले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै आफूलाई मतदान गरी विजयी गराउन आग्रह गरेका थिए। कार्यक्रममा सहभागी स्थानीय जनसमुदायले आँखा छापमा मतदान गर्ने प्रतिबद्धता जनाउँदै निर्वाचित भएपश्चात् पनि यस्तै रूपमा जनतासँग निरन्तर सम्पर्कमा रहन सुझाव दिएका छन्।

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार दासले पर्सा जिल्लालाई कृषि हबका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने वातावरण निर्माण आफ्नो प्रमुख प्राथमिकता रहने उनले बताए।

कार्यक्रममा स्थानीय नागरिक, पार्टी कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार