Logo

२७ माघ,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पर्सा जिल्ला, नगवा क्षेत्रमा आयोजना गरेको घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाले अपार सहभागिता जनाएका छन्। घरदैलोमा रास्वपा पर्सा–१ का उम्मेदवार हरि पन्तले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो अभियानलाई गति दिएका थिए।

कार्यक्रमका क्रममा पन्तले रास्वपाको जित समग्र मुलुकको जित भएकोले यसपटक नगवाबासिले मत परिवर्तन गर्नेमा आफू ढुक्क रहेको बताएका छन्। उनले घरदैलोमा देखिएको स्थानीयको अभूतपूर्व समर्थनले आफ्नो विजय सुनिश्चित भएको समेत बताए।

घरदैलोमा रास्वपा पर्सा उपसभापती तुल्सा पौडेल, सचिव सुदिश प्रजापती, कोषाध्यक्ष दिलिप कुर्मी, क्षेत्रीय सभापति राम आर्या, महनगर सभापती अमन आलम, सचिव गौतम श्रेष्ठ, सन्दिप कुश्वाह, विशाल सिङ र माइकल सापकोटा लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

रास्वपा नगवा घरदैलोले स्थानीय स्तरमा पार्टीको उपस्थितिलाई मजबुत बनाउने र मतदातासँग प्रत्यक्ष सम्पर्क बढाउने उद्देश्य राखेको जनाएको छ।


सम्बन्धित समाचार