२८ माघ,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क्षेत्र नम्बर १ का उम्मेदवार हरिपन्तले चुनावी प्रचारलाई तीव्रता दिएका छन्। घरदैलो कार्यक्रमअन्तर्गत उनले आज क्षेत्रको सुखचैनामा भेटघाट तथा जनसम्पर्क कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रममा स्थानीय मतदाताको उल्लेखनीय सहभागिता देखिएको थियो। उपस्थित सर्वसाधारणले उम्मेदवारप्रति उत्साहजनक समर्थन व्यक्त गरेका थिए। हरिपन्तले घरदैलोका क्रममा स्थानीयका समस्या, सुझाव र अपेक्षा सुनेका थिए।
यसैबीच, काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन शाहको वीरगञ्ज आगमनको चर्चा बढ्दै जाँदा स्थानीय राजनीतिक माहोल थप चासोपूर्ण बनेको छ। बालेन वीरगञ्ज आउने तयारीमा रहेको जानकारी सार्वजनिक भएसँगै समर्थकहरूमा उत्साह देखिएको छ।
हरिपन्तले आगामी दिनमा पनि क्षेत्रका अन्य वडाहरूमा घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्। उनले मतदातासँग प्रत्यक्ष संवादमार्फत आफ्नो एजेन्डा प्रस्तुत गर्दै समर्थन जुटाउने अभियान जारी राख्ने उल्लेख गरेका छन्।
















