Logo

२९ माघ,वीरगञ्ज । फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा देशभरै चुनावी माहोल चर्किएको छ। निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू मतदाता भेटघाट र घरदैलो अभियानमा सक्रिय देखिएका छन्। यसै क्रममा, पर्सा क्षेत्र नम्बर–२ का उम्मेदवार अमिताभ बच्चन दास आफ्नो चुनाव चिन्ह ‘आँखा छाप’ मार्फत मतदाता माझ प्रचार–प्रसारमा जुटेका छन्।

आज बहुदरमाई नगरपालिका वडा नम्बर–३, नगरदाहा क्षेत्रमा आम जनसमुदायसँग भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गर्दै दासले मतदातालाई विजयी बनाउन ‘आँखा छाप’ मा मतदान गर्न आग्रह गरे। उनले जनसमुदायसँग प्रत्यक्ष संवाद गर्दै सुझावहरू पनि संकलन गरेका छन्।

उम्मेदवार दासले आगामी दिनमा पर्सा जिल्लालाई कृषि हब बनाउन आफ्नो प्रतिबद्धता व्यक्त गर्दै विकास, शिक्षा र स्वास्थ्य क्षेत्रमा ध्यान दिन वचन पनि दिएका छन्।

दासको यो सक्रिय अभियानले स्थानीय मतदाताबीच ठूलो उत्साह सिर्जना गरेको बताइन्छ।


सम्बन्धित समाचार