Logo

२९ माघ,वीरगञ्ज । फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा पर्सा क्षेत्र नम्बर–१ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिपन्तले विभिन्न वडामा घरदैलो र जनसम्पर्क कार्यक्रमलाई तीव्रता दिएका छन्।

आज उनी क्षेत्रको सुखचैनामा मतदाता भेटघाट तथा जनसम्पर्क कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रममा स्थानीय मतदाताहरूको उल्लेखनीय सहभागिता देखिएको थियो भने जनताले उम्मेदवारप्रति उत्साहजनक समर्थन पनि व्यक्त गरेका छन्।

यसैबीच, काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन शाहको वीरगञ्ज आगमनको समय नजिकिँदै गएको चर्चा भइरहेको छ, जसले स्थानीय राजनीतिक माहोलमा थप चासो र उत्साह सिर्जना गरेको बताइन्छ।

हरिपन्तले आगामी दिनमा अन्य वडाहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।


सम्बन्धित समाचार