२ फागुन,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमबीच अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र वाचन गर्दै सार्वजनिक गरेका हुन्।
राप्रपाले यसपटक आफ्नो घोषणापत्रलाई ‘संकल्प पत्र’ नाम दिएको छ। पार्टीले अबको राष्ट्रिय गन्तव्यका रूपमा ‘सबल, समृद्ध र सम्मुनत नेपाल–पृथ्वी पथ’को अवधारणा अघि सारेको छ।
घोषणापत्रमा राप्रपाले शासकीय स्वरूपबारे पनि स्पष्ट धारणा राखेको छ। अभिभावकीय संस्थाका रूपमा राजसंस्था हुनुपर्ने पार्टीको प्रस्ताव रहेको छ। त्यस्तै, प्रदेश संरचना खारेज गरी केन्द्र र बलियो स्थानीय तहसहित दुई तहको शासकीय संरचना कायम गर्नुपर्ने उल्लेख गरिएको छ।
राप्रपाले गैरदलीय स्थानीय तहको अवधारणासमेत अघि सारेको छ। साथै जलस्रोत, पर्यटन, कृषि, सूचना–प्रविधि, सुशासन लगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न नीतिगत प्रतिबद्धताहरू घोषणापत्रमा समेटिएको छ।
पार्टीले आफ्नो ‘संकल्प पत्र’मार्फत मुलुकको राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र सुशासन सुनिश्चित गर्ने लक्ष्य प्रस्तुत गरेको जनाएको छ।
















