Logo

३ फागुन ,झापा। पूर्वप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार केपी शर्मा ओली आज झापा-५ क्षेत्रको निर्वाचन प्रचारका लागि झापा आउने भएका छन्। उनको आगमनसँगै भद्रपुर विमानस्थलमा सुरक्षा कडा पारिएको छ।

विमानस्थलको प्रवेशद्वारमा केवल हवाइ टिकट देखाएका यात्रुलाई मात्रै प्रवेश दिइएको छ। विमानस्थलको सुरक्षा नेपाली सेनाले व्यवस्था गरेको छ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भने, विमानस्थल सुरक्षामा कडाइ गरिएको बारे आफूलाई कुनै आधिकारिक जानकारी नभएको बताउनुभयो।


सम्बन्धित समाचार