Logo

४ फागुन,काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति‍को बैठक बोलाएको छ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ। बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिने तय भएको छ।

बैठकमा समसामयिक संगठनात्मक विषयहरू, अनुशासनसम्बन्धी उजुरीहरू तथा पार्टीभित्रका विभिन्न गतिविधिबारे छलफल हुने बताइएको छ।


सम्बन्धित समाचार