Logo

५ फाल्गुण, काठमाडौं । सरकारले व्यवसायी दुर्गा प्रसाईंलाई पुनःपक्राउ गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले यसको कडा प्रतिवाद गर्दै तत्काल रिहाइको माग गरेको छ ।

सोमबार साँझ भक्तपुरस्थित आफ्नै निवासबाट प्रसाईं समातिएलगत्तै राप्रपाले सरकारको यो कदमलाई अलोकतान्त्रिक र प्रतिशोधपूर्ण कार्यको रूपमा चित्रण गरेको हो । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत सरकारले रातको समयमा गरेको गिरफ्तारीले उसको तानाशाही र द्वैध चरित्र उदाङ्गो पारेको दाबी गर्नुभएको छ ।

प्रवक्ता श्रेष्ठले सरकारले देशलाई योजनाबद्ध रूपमा मुठभेडतर्फ धकेल्न खोजेको आरोप लगाउँदै एउटै व्यक्तिलाई पटक–पटक निशाना बनाउनुले लोकतन्त्रको उपहास भएको उल्लेख गर्नुभएको छ । बिना कुनै ठोस कारण र आधार प्रतिशोध साध्ने उद्देश्यले प्रसाईंलाई पक्राउ गरिनुले राज्यको दमनकारी नीति प्रष्ट भएको राप्रपाको ठहर छ । प्रवक्ता श्रेष्ठले प्रसाईंलाई अविलम्ब र बिना सर्त रिहा गर्न माग गर्दै अन्यथा यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार नै हुने चेतावनी समेत दिनुभएको छ ।


सम्बन्धित समाचार