Logo

६ फागुन,वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी माहोल तातेको छ। निर्वाचन मिति नजिकिएसँगै उम्मेदवारहरू मतदाता भेटघाट तथा घरदैलो अभियानमा सक्रिय देखिएका छन्। विभिन्न दलका उम्मेदवारहरू प्रचार–प्रसार, रणनीतिक समीकरण र शक्ति सन्तुलनको गणनामा व्यस्त छन्।

यसैक्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का पर्सा क्षेत्र नम्बर ३ का उम्मेदवार छोटेलाल प्रसाद यादवले आज पँकाहा मैनपुर गाउँपालिका–१ धोरेमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलो अभियानका क्रममा यादवले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरेका थिए। उनले क्षेत्रको समग्र विकास, कृषि सुधार, रोजगारी सिर्जना तथा आधारभूत पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

स्थानीय बासिन्दासँग संवाद गर्दै उनले जनताको विश्वास र समर्थनका आधारमा निर्वाचनमा विजयी हुने दाबीसमेत गरेका छन्। पर्सा–३ मा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ भने उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर समर्थन जुटाउन सक्रिय देखिएका छन्।


सम्बन्धित समाचार